सोलुखुम्बुको थामेमा बाढीले १४ घर, होटेल, विद्यालय बगे एकजना बेपत्ता

Logo
सोहरुची प्रकाशित शनिबार, साउन ३२, २०८१ समाचार

हिमाली जिल्ला सोलुखुम्बुमा बाढीले वितण्डा मच्चाएको छ । तीन दिनदेखि निरन्तर वर्षा भइरहेकामा शुक्रबार एक्कासि दुधकोशी नदीको सहायक थामे खोला उर्लिएर आएपछि खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामे गाउँका १४ घर, होटेल, विद्यालय बगाएको छ ।

सोलुखुम्बुका डिएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार सातवटा घर, पाँच होटेल तथा एउटा क्लिनिक र विद्यालय बगाएको हो । परिचय खुल्न नसकेका एकजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सात घर उच्च जोखिममा छन् । थामे गाउँमा करिब ५० घर छन् । विस्थापितहरू माथिल्लो क्षेत्रमा रहेका गुम्बामा बसेका छन् । सरकारले राहत पुर्‍याउन सकेको छैन ।

दिउँसो २ बजे एक्कासि लेदोसहितकोे बाढीले तल्लो तटीय क्षेत्रको बस्तीमा पनि जोखिम निम्त्याएपछि स्थानीयलाई अन्यत्र सारिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । उनका अनुसार दिउँसोको तुलनामा बाढी केही घटेको छ । बाढी आउनुको कारण खुलेको छैन । ‘कुनै पूर्वानुमान र सूचना थिएन, एक्कासि बाढीले क्षति गरेको छ,’ प्रजिअ पाण्डले भनिन्, ‘हिमताल फुटेको हो वा हिमपहिरो हो खुलेको छैन ।’

बाढीले माप्य दुधकोशीको सिमानामा रहेको मितेरी पुल बगाउँदा खुम्बु पाासाङल्हामु गाउँपालिकासँग सीधा सम्पर्क टुटेको छ । त्यहाँँ सवारीमार्फत आउने–जाने अवस्था छैन । ‘पालिकाबाट हिँडेर बाढी प्रभावित गाउँमा पुग्न १० घण्टा लाग्छ । बाटो पनि राम्रो नभएको, हेलिकोप्टरको प्रयोग गरेर जानु र राहत लग्नुको विकल्प छैन,’ खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने, ‘काठमाडौंबाट हेलिकोप्टर मगाएर प्रभावितलाई राहत र पुनस्र्थापनाको काम थालिनेछ ।’

साँझबाट खोलामा पानीको सतह घट्न थालेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार यस क्षेत्रमा तीन दिनदेखि वर्षा भइरहेको थियो । ‘दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, खोलामा बहाव बढेपछि सबैले घर छाडे,’ उनले भने । बाढीले दुधकोशी नदी बहने क्षेत्रका बासिन्दा त्रसित छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२