सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पुर्नलेखन गर्नुपर्छ : बादल

Logo
सोहरुची प्रकाशित मंगलबार, बैशाख २९, २०८३ राजनीति समाचार

 

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पुर्नलेखन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पुर्नलेखन गर्न माग गरेका हुन् ।

images

उनले राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरु देशद्रोही भएको टिप्पणी गर्दै उनीहरुप्रति नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा मौन रहेको उल्लेख गरे । नेपाली सेनाप्रति पनि गम्भीर प्रश्न उठाउदै थापाले लिपुलेकमा अतिक्रमण हुँदा सेनाले सुकुमवासी बस्तीहरूमा परेड खेलेको बताए ।

सुशासन, सुसंस्कार र संस्कृतिको नमूना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सभामुख लाचार र नतमस्तक भएको उनको भनाइ छ ।

थापाले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल नभइ आकस्मिक, अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी, अराजक जमातहरूको अस्थायी गठजोड भएको टिप्पणी गरे ।

निर्वाचनमा रास्वपाले पाएको सफलता योगदान, बलिदानका कारण नभइ दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र अदृश्य प्रभावहरूको कुल परिणाम भएको उनले तर्क गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२