Refresh

This website www.soharuchi.com/1310.html is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

भैसेपाटी साँगामा शिव थापालाई ह्विलचेयर हस्तान्तरण, समाजसेवी डा.तारा बहादुर कुँवरको समन्वय

Logo
सोहरुची प्रकाशित आइतबार, कार्तिक १६, २०८२ समाचार

काभ्रे — समाजसेवी राजेश कुमार अग्रवालको आर्थिक सहयोगमा, समाजसेवी, व्यवसायी अभियान्ता डा.तारा बहादुर कुँवरको समन्वयमा भैसेपाटी साँगास्थित स्पाइनल इन्जरी पुनःस्थापना केन्द्रमा आयोजित कार्यक्रममा काभ्रे–कोशिपारी भुम्लु गाउँपालिका–२, सिम्थली थापाटोलका ३० वर्षीय शिव थापालाई ह्विलचेयर हस्तान्तरण गरिएको छ।

‘हजुरलाई नमस्ते’ परोपकारी संस्थाका अध्यक्ष डा. तारा बहादुर कुँवरको समन्वयमा समाजसेवी जिएन सापकोटा, सुरज मकै, राजु खत्रीलगायतको उपस्थितिमा गरिएको कार्यक्रममा थापालाई संस्थामार्फत ह्विलचेयर प्रदान गरिएको हो।

२४ वर्षको उमेरमा घरको छतबाट लडेर कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा पुगेका थापा हाल रोजमर्रा गतिविधिमा कठिनाइ भोग्दै आएका छन्। कार्यक्रममा अहिलेसम्म २०० भन्दा बढी ह्विलचेयर वितरण गरिसकेको अध्यक्ष कुँवरले बताए ।

सहयोगी हातहरू आफ्नै समुदायका अपांगता भएका व्यक्तिहरूको पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलिरहेको शिव थापाले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ को सभापति समाजसेवी, व्यवसायी अभियान्ता तारा बहादुर कुँवर क्षेत्रीले काभ्रे जिल्लाको विभिन्न ठाउँमा अशक्त अपांग परिवारलाई सहयोग गर्दै आएका छन् ।

महाभूकम्प देखि कोरोनाको महामारीको लकडाउनमा समेत श्रमिकहरुलाई पर्न गएको चरम समस्याको बेला खाद्यान्न लगायतका राहत सामाग्री निरन्तर वितरण गरेर आयामिक सामाजिक कार्य गर्न र गराउन चुकेनन्।

समाज सेवालाई उच्चस्थानमा राखेर आफूपनि श्रमिक वर्गवाटै माथि उठेको कारण श्रमिकको सेवामा तल्लिन उनै तारा बहादुर कुँवरले बिपन्न अपांग परिवारलाई हुइलचियर वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२