आकाश कार्की काठमाडौ – नेकपा (माओवादी केन्द्र)का युवानेता दियोजित ओलीले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वलाई ऐतिहासिक र निर्णायक बताउँदै बामपन्थी एकताको पक्षमा जोड दिएका छन्।
YNN न्यूजसँगको विशेष संवादमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता जनार्दन शर्मालाई लक्षित गर्दै तीखा टिप्पणी गरेका हुन्।
उनले भने, “हिराको मूल्य किराले बुझ्दैनन्। यिनीहरू बामपन्थी आन्दोलनका लागि घातक रोग हुन्, क्यान्सरभन्दा पनि खतरनाक।”
ओलीका अनुसार, अहिलेको अवस्थामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बामपन्थीहरूबीच एकता गर्न जरुरी छ। उनले भने, “यस्ता पात्रहरूलाई छोडेर भए पनि बामपन्थी एकताको बाटोमा अघि बढ्नुपर्छ। यही बामपन्थी आन्दोलनको जीवनरेखा हो।”
उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक भूमिकालाई ‘निर्णायक र ऐतिहासिक’ ठहर गर्दै भने, “प्रचण्ड युगका नेता हुन्, उहाँले देशलाई स्थायित्व र रूपान्तरणको दिशामा अघि बढाउनुभएको छ।”
