
काठमाडौं / कुरिलो ( Asparagus) हरियो पहेँलो मसिना पात हुने, ससानो सेतो फूल फुल्ने र रातो गोलो फल फल्ने एक जातको काँडादार औषधिजन्य वनस्पति हो । यो सानो र ठूलो दुई किसिमको हुन्छ । यसका टुसा तरकारीका निम्ति
खास गरी बिरामीलाई खुवाउने गरिन्छ, यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले पनि चिनिन्छ।
यो नेपालका सबै जसो भू-भागमा पाइने बहुवर्षीय लहरायुक्त वनस्पति हो।
काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरू हुन्छन्।
फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन। यो
पाकेपछि यसको फल राता वा नीला रङ्गका हुन्छन्। यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै सङ्ख्यामा हुन्छन्। आयुर्वेदमा
यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता
निवारक, मानिन्छ। खास गरि यसको जरालाई विभिन्न रोगहरूमा अत्यन्त
लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । स्त्रीहरूको रक्त प्रदर, स्वेतप्रदर
तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुवैमा यौन दुर्बलता
हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गर्नाले
अप्रत्यासित लाभ हुन्छ पनि भन्ने गरिन्छ। यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ। कुरिलोका फाइदाहरू
यो रसायनी (जुन औषधीले शरीरको बुढ्यौलीमा हुने रोग र सबै उमेरका जरो
आदि रोगलाई निको पार्दछ त्यसलाई वा त्यस्तो गुणलाई रसायन भनिन्छ।),
चिल्लो, शीतल अर्थात् शीतवीर्यको र पचाउन हलुका हुन्छ।
यसले दिमागको ग्रहणगर्ने शक्ति (मेधा), पाचकाग्नि (पाचनशक्ति), वीर्य र
स्त्रीको दूध बढाउँदछ ।
पुष्टि र बल दिन्छ ।
आँखा र मुटुका रोगमा लाभदायक हुन्छ।
गुल्म (वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग,
वायुरोग, गानुगोला।), अल्काई, ग्रहणी (खाएपिएको कुरा नपची वा पचेपनि
पटकपटक गरेर मलमूत्र मार्फत बाहिर निस्कने रोग), क्षयरोग, अतिसार,
वातविकार, कफविकार, पित्तविकार, रक्तविकार र सुजन नाश गर्दछ। भन्ने भनाई छ ।