मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०८३ को दोस्रो अडिसन काठमाडौंमा भव्य रूपमा सम्पन्न

Logo
सोहरुची प्रकाशित सोमबार, आषाढ ०१, २०८३ समाचार

 

काठमाडौं । मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०८३ (सिजन–२) को दोस्रो अडिसन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। देशका विभिन्न क्षेत्रबाट आएका प्रतिभावान युवती तथा महिलाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको आयोजकले जनाएको छ।

अडिसनमा सहभागीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास, प्रतिभा तथा प्रस्तुति क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगितामार्फत महिलाहरूको क्षमता, नेतृत्व, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमका निर्णायकहरूमा चन्दु बलामी, सोनिया चाम्लिङ राई तथा अञ्जन भट्टराई रहेका थिए। निर्णायकको भूमिकामा रहेका इन्द्रेणीका चर्चित गायक युवराज चौलागाईं ले यस्ता प्रतियोगिताले महिलाहरूलाई आफ्नो प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्ने उत्कृष्ट मञ्च प्रदान गर्ने बताए। त्यसैगरी गायिका, समाजसेवी तथा सामाजिक अभियन्ता यमुना केसी ले महिलाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरिन्।

कार्यक्रम आयोजक तथा समारी इन्टरनेशनलका निर्देशक भरत समारी ले प्रतियोगिता केवल सौन्दर्यमा सीमित नभई महिलाको व्यक्तित्व, क्षमता र सामाजिक योगदानलाई उजागर गर्ने अभियान भएको बताए। उनले योग्य तथा प्रतिभाशाली महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन सरु कार्की ले गरेकी थिइन्। कार्यक्रममा डा. ज्योति शाह, मनिषा मुखिया, मनोज गोर्खाली, मदन तथा अनित श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रम सफल बनाउन भावना चौलागाईं, नम्रता महरा, असला भण्डारी, निशा तामाङ, भरत समारी तथा कमला थापा सहितको टोली सक्रिय रहेको थियो।

कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्य तथा डान्स कोरियोग्राफर रीना श्रेष्ठ रहेका थिए। बिहे सेवा को पावर्डमा आयोजना गरिएको प्रतियोगितालाई पटुकी पोसाक, सेफ एसोसिएसन नेपाल, किरा प्रोडक्सन, आफ्नै सप्लायर्स, स्मार्ट सर्भिस इन, निर्वाण, जे एण्ड जे युनिसेक्स सैलुन एण्ड क्याफे, ब्लु लोटस, आईआईएफटी, डिभाइन फेमिनिन बाइ मन्नु, तस्वीर स्टुडियो, नविना’ज ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर, पिरो पिरो, जया देश मिडिया प्रालि, क्रिस्टल क्लियर बुटिक, सबिना डान्स एण्ड फिटनेस तथा एस्थेटिक ब्युटी स्टुडियो लगायतले सहयोग गरेका थिए।

कार्यक्रमको फोटो तथा भिडियो पार्टनर चित्रा आभा (Chitra Aura), टिकट पार्टनर ई–टिकट नेपाल, मिडिया पार्टनर आर्टिस्ट खबर र पावर न्युज तथा भेन्यु पार्टनर मण्डला ब्याङ्क्वेट रहेका थिए।

आयोजकका अनुसार प्रतियोगिताका आगामी चरणहरू अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइनेछन्। महिला प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२