क्रोएसियामा अन्तर्राष्ट्रिय नेपाली समाजको प्रथम वार्षिकोत्सव मनाइयो

Logo
सोहरुची प्रकाशित बुधबार, पुष ३०, २०८२ समाचार

जाग्रेब – अन्तर्राष्ट्रिय नेपाली समाज–क्रोएसियाको प्रथम वार्षिकोत्सव तथा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्रोएसियाको राजधानी जाग्रेबस्थित Park Ribnjak1, 10000 मा ११ जनवरी २०२६, आइतबार सम्पन्न भएको कार्यक्रममा क्रोएसियामा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि एन.आर.एन.ए. क्रोएसियाका उपाध्यक्ष हर्क साहु रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली समाज–क्रोएसियाका अध्यक्ष सुशिल तिवारीले गर्नुभएको थियो। बुद्ध मार्ट क्रोएसियाको संयोजनमा सम्पन्न कार्यक्रममा वक्ताहरूले संस्थाको उद्देश्य, हालसम्मका गतिविधि तथा आगामी योजनाबारे प्रकाश पार्दै विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउने संस्थाको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा रहेका नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा सशक्त बनाउने दिशामा नेपाली समाज–क्रोएसियाले विशेष योगदान पुर्‍याउँदै आएको चर्चा गरिएको थियो। छोटो समयमै संस्थाले समुदायको विश्वास जित्दै अघि बढ्न सफल हुनु नेपाली समुदायको सामूहिक प्रयास, सहकार्य र एकताको प्रतिफल भएको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमलाई थप जीवन्त बनाउँदै शान्ति ओली, तुलसा चौलागाई, सुरेश गुरुङ र विशाल चलाउनेले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी दिपक महराले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिला चापागाईं र प्रकाश बोहराले गर्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन तिलक भट्टले गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली समाज–क्रोएसियाले सुलभ दरमा ऋण प्रवाह गरी विदेशमा रहेका नेपालीहरूलाई आत्मनिर्भर, स्वरोजगार तथा उद्यमशील बनाउने लक्ष्यसहित निरन्तर काम गर्दै आएको जनाएको छ। साथै नेपालीहरूको हकहितका लागि आवाज उठाउने, सांस्कृतिक तथा सामाजिक संकटका समयमा सहयोग गर्ने र भविष्यमा विविध सामाजिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२