जिल्ला सहकारी संघ काभ्रेको सल्लाहकार तथा उपसमिति लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

Logo
सोहरुची प्रकाशित शुक्रबार, कार्तिक २९, २०८१ काभ्रे विशेष

 

बनेपा – जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको भदौ २६ गते भएको बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन भए पश्चात मनोनित सल्लाहकार तथा नव गठित विभिन्न उपसमिति सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम संघको आफ्नै सभा हलमा अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ।

कार्यक्रमको संचालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । भने स्वागत मन्तब्य संघका उपाध्यक्ष शान्ती लामाले राख्नु भएको थियो । लामाले संघले वित्तीय कारोवार राम्रो रहेको र यसलाई थप प्रगती गर्दै जानुपर्ने देखि भौतीक संरचना निर्माणमा ठुलो लागत रहेकोले भवनको खाली रहेको स्थानहरु यथासक्दो छिटो भाडामा लगाई आम्दानीको स्रोतलाई मजबुत बनाउनुपर्ने भनाई राख्नु भयो ।

संघका अध्यक्षबाट काभ्रे जिल्लाको सहकारी अभियानको अवस्था र जिल्ला सहकारी संघको गतिविधि बारे जानकारी गराउदै संघले आ.व.२०८१।०८२ को लागी लिईएको नीति, कार्यक्रम तथा लक्ष्य प्राप्तीको लागी संचालक समिति, लेखा सुपरिवेक्षण समिति र नवगठित उप समितिले आ-आफ्नो जिम्मेवारी अनुरुप कार्य गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा हालै मनोनित सल्लाहकार मुकुन्द प्रसाद दाहालबाट शुभकामना मन्तब्य राख्नुभएको थियो । भाद्र २६ गते भएको संघको बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको चयन पश्चात मनोनित सल्लाहकार तथा नव गठित विभिन्न उपसमिति सदस्यहरुलाई अध्यक्ष बाट मनोनयन पत्र प्रदान गरिएको जिल्ला सहकारी संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२