काठमाडौं / नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नी सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनयुद्ध’लाई हिंसा भन्नु संविधान विपरीत रहेको बताएका छन्।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनपछि पत्रकारहरूसँगको कुराकानीमा पार्टी प्रवक्तासमेत रहेका सापकोटाले सरकार प्रमुखले नै शान्ति सम्झौताविपरीत बोलेको बताएका हुन्।