काठमाडौं / खोटाङ काउलेका गणेश राईको दुवै हातको कुहिनो भन्दा तलको भाग नभए पनि मज्जासँग कम्प्युटर चलाँउन सक्छन र अरु माथि भर पर्दैनन्। प्रधानमंत्री केपी शर्मा ओलीले अहीले उनलाई आफ्नै सचिवालयमा काम दिँदै लेख्नुहुन्छ”गणेशलाई मैले पहिलो पटक प्रधानमंत्री हुँदा २०७२ असोजमा भेटेको थिएँ र उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो। दोस्रो पटक प्रधानमंत्री हुँदा गणेश फेरि आए र करारमा काम गरे। यस पटक प्रधानमंत्री पदको सपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि मैले उनलाई खोजें। अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ। अब गणेश मसँगै काम गर्ने भएका छन्।