खानीखोलाका विपिन शर्मा दाहाललाई सामाजिक अभियन्ताको रूपमा सम्मान

Logo
सोहरुची प्रकाशित आइतबार, जेठ २४, २०८३ काभ्रे विशेष

 

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा जन्मिएका सामाजिक अभियन्ता विपिन शर्मा दाहाल पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ अन्तर्गत सम्मानित भएका छन्।

समाजमा सामाजिक अभियन्ताको रूपमा सक्रिय रहँदै विभिन्न सामाजिक काम, जनचेतनामूलक अभियान तथा सकारात्मक परिवर्तनका लागि पुर्‍याएको योगदानको कदरस्वरूप दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो।

खानीखोलाको माटोमा जन्मिएर समाज सेवामा निरन्तर सक्रिय दाहालले सामाजिक उत्तरदायित्व, सहयोग, प्रेरणा तथा समुदायमा सकारात्मक प्रभाव पार्ने कार्य गर्दै आएका छन्। समाजप्रतिको समर्पण र योगदानको सम्मानस्वरूप प्राप्त यो उपलब्धिले खानीखोला गाउँपालिका तथा काभ्रेपलाञ्चोक जिल्लाकै गौरव बढाएको स्थानीयवासीको भनाइ रहेको छ।

उनको यस सम्मानप्रति शुभेच्छुक, स्थानीयवासी तथा विभिन्न सामाजिक क्षेत्रसँग आवद्ध व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२